Kathmandu Press

एएफसी कपको छनोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं, जेठ २६ : एएफसी एशियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।गएराति कुवेतस्थित जबेर अल अह्मद...
एएफसी कपको छनोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं, जेठ २६ : एएफसी एशियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।

गएराति कुवेतस्थित जबेर अल अह्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा नेपाल २-० गोलले पराजित भएको हो। पहिलो हाफ गोलरहीत बराबरमा टुंगिएको थियो।

पहिलो हाफमा नेपालले पेनाल्टी जोगाएको हो। खेलको ४३औं मिनेटमा जोर्डनका मौसा मोह्मद सुलेमानको पेनाल्टी प्रहारलाई नेपालका गोलकिमपर दीप कार्कीले रोकेका थिए।

नेपाली डिफेन्डर गौतम श्रेष्ठले जोर्डनका मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा भने जोर्डनका लागि अलि ओल्वन र हाम्जा अल दारदौरले गोल गरे। दोस्रो हाफको ६९औं मिनेटमा अलि ओल्वानले र ८२औं मिनेटमा मोह्मद फैजलले गोल गरे। नेपालले अर्को खेल जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा तेस्रो खेल इन्डोनेसियासँग खेल्नेछ।

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्