Kathmandu Press

महानगर प्रमुख शाहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २५ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् ।आज राष्ट्रिय सभा...
महानगर प्रमुख शाहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं, जेठ २५ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् ।

आज राष्ट्रिय सभा गृहमा उनले शपथ गराएका हुन् । उक्त अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । 

शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका थिए । 

नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका थिए । 

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भए । 

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्