प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुरुन्तै पास गर्न ल्याइएको होइन : खनाल
काठमाडौं, जेठ २५ : नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन्...
काठमाडौं, जेठ २५ : नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन् ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताएका हुन् । उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुङ्गोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताए ।
उनले भने, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई बिस्तारै एउटा टुङ्गोमा पुर्याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्यो अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।’
प्रकाशित मिति: १९:५४ बजे, बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


