Kathmandu Press

महानगर प्रमुख साह र फ्रान्सका राजदूत गील्सबीच शिष्टाचार भेट

काठमाडौं, जेठ २५ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन। प्रमुखको कार्यकक्षमा आज भएको...
महानगर प्रमुख साह र फ्रान्सका राजदूत गील्सबीच शिष्टाचार भेट

काठमाडौं, जेठ २५ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन। प्रमुखको कार्यकक्षमा आज भएको भेटमा नगरको व्यवस्थापनका लागि सेवा र सुविधा वितरणको बारेको छलफल भएको थियो।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालले फ्रान्स सामाजिक विकासका कार्यक्रम बलियो भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे।

त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए। ‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ। मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धि सोच पत्र प्रदान गरेका थिए।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्