एआईजी पोखरेलको विदा अस्वीकृत, कानुनी लडाईं नसकिएसम्म हाजिर नहुने भनाइ
काठमाडौं, जेठ २५ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ । आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा...
काठमाडौं, जेठ २५ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ ।
आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको हो । सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए । उनले लिएको विदा मंगलबारबाट सकिएको छ ।
तर उनले बुधबार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए । प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेका थिए । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै विदा अस्वीकृत गरिएको हो ।
यता, थप १० दिनको बिदा अस्वीकृत भएसँगै कानुनी लडाई नसकिएसम्म पोखरेलले हाजिर नहुने बताएका छन् । यसअघि पोखरेलले आफूभन्दा जुनियर एआईजी बढुवा गरिएको भन्दै अदालतमा सरकारविरुद्ध १९ वैशाखमा रिट निवेदन दिएका थिए ।








-1787140035.png)


