Kathmandu Press

तोडफोड भएपछि फोहोर नफालेरै फर्किन थाले बञ्चरेडाँडा पुगेका गाडी 

काठमाडौं, जेठ २५ : बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् ।स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि...
तोडफोड भएपछि फोहोर नफालेरै फर्किन थाले बञ्चरेडाँडा पुगेका गाडी 

काठमाडौं, जेठ २५ : बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् ।

स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किएका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । 

मंगलबार प्रहरीको सुरक्षामा डेढ सय बढी ट्रक फोहोर फालिएको थियो । काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्न थालेको छ । तर, फोहोर व्यवस्थापन गर्ने क्षेत्रहरू सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर निरन्तर अवरोध गर्दै आएका छन् । 

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्