Kathmandu Press

मौसम बिग्रिएपछि दिल्लीबाट आएका दुई जहाज फर्किए

मौसम बिग्रिएपछि दिल्लीबाट आएका दुई जहाज फर्किए

काठमाडौं, जेठ २५ : मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आएका दुई जहाज फिर्ता भएका छन् । 

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ विमानस्थलमा फर्किएको हो । यस्तै दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै फर्किएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्