जन्ती बाेकेकाे बस दुर्घटना हुँदा १२ जना घाइते
चितवन, जेठ २५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख...
चितवन, जेठ २५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको जन्ती बस रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित आज बुधबार (दिउँसो) अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बसमा ३० जना सवार रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १८:१२ बजे, बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


