Kathmandu Press

पदोन्नति भएका उपरथीत्रयलाई दर्ज्यानी चिह्न

काठमाडाैं, जेठ २५ : नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको...
पदोन्नति भएका उपरथीत्रयलाई दर्ज्यानी चिह्न

काठमाडाैं, जेठ २५ : नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा हुनुभएका उनीहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो।

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्