Kathmandu Press

गठबन्धनकाे भरोसाले स्थानीय निर्वाचनमा धोका : नेपाल

काठमाडाैं, जेठ २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन्।बुधबार काठमाडौंमा पार्टी विद्यार्थी...
गठबन्धनकाे भरोसाले स्थानीय निर्वाचनमा धोका : नेपाल

काठमाडाैं, जेठ २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन्।

बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान बिजयी गर्ने दाबी गरे।

उहाले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राखे। अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताए। त्यस्तै पार्टीका मन्त्रीहरु परिवर्तनमा बिषयमा कोहि पनि असन्तुष्ट नरहेको दाबी गरे।

उनले मन्त्री परिवर्तन गर्ने दवाव अरु दलमा पनि आएको हुन सक्ने भएकाले तर्क गरे। 

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्