प्रधानसेनापतिसँग जापानी राजदूतबीच शिष्टाचार भेट
काठमाडाैं, जेठ २५ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्।नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको...
काठमाडाैं, जेठ २५ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रकाशित मिति: १७:३२ बजे, बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


