Kathmandu Press

अपांगता भएकाको अन्तर्राष्ट्रिय क्रिकेट जेठ अन्तिम साता काठमाडाैंमा हुने

काठमाडाैं, जेठ २५ : अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट शृंखला जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ।ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा...
अपांगता भएकाको अन्तर्राष्ट्रिय क्रिकेट जेठ अन्तिम साता काठमाडाैंमा हुने

काठमाडाैं, जेठ २५ : अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट शृंखला जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ।

ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा जेठ २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो।

अन्तराष्ट्रिय क्रिकेट श्रृखलामा नेपालका साथै भारतका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहनेछ। टि ट्वान्टी फर्म्याटमा खेलाइने प्रतियोगिता आइसिसीकै नियम मुताबिक खेलाइने एसाेसियसनका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए।

विशेष गरि समाजमा लुकेर बसेका अपांगता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले धेरै सहयोग गर्ने विश्वास आयोजकले लिएको छ।

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्