Kathmandu Press

सशस्त्रका एआइजी गौतमलाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौं, जेठ २५ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी  चिह्न प्रदान गरेका छन् । नेपाल...
सशस्त्रका एआइजी गौतमलाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौं, जेठ २५ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी  चिह्न प्रदान गरेका छन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन्। 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिए। 

उनले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्