Kathmandu Press

इम्बोस्डमा भएको अनियमितता छानबिन माग गर्दै अख्तियारमा युवासंघकाे उजुरी

काठमाडाैं, जेठ २५ : राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ।युवा संघले विश्व बैंकले...
इम्बोस्डमा भएको अनियमितता छानबिन माग गर्दै अख्तियारमा युवासंघकाे उजुरी

काठमाडाैं, जेठ २५ : राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो। संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ।

त्यस्तै उनीहरुले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दवावका बिषयमा पनि अख्तियारलाई जानकारी गराएको छ।

युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए। उनले सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भए त्यसको भार जनतामा थोपर्न नहुने उल्लेख गरे।

इम्बोस्ड नम्बर प्लेटको सत्यतथ्य छानविन आयोगले गर्नुपर्ने उनको भनाइ छ। युवा संघले कुनै आग्रह पूर्वाग्रहका आधारमा मुद्दा दर्ता नगरेको भन्दै अख्तियारले पनि निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने जनाएको छ।

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्