मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा
काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने...
काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन्।
तत्काल निर्वाचन क्षेत्र निश्चित नभएपनि उनले क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारी दिने तयारी गरेकी हुन्। उनी बस्दै आाएकी ५ नम्बर क्षेत्रका मतदाताले मानुषीको माग गरेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।‘क्षेत्र नम्बर ७ हिसिला यामीले चुनाव लडेको क्षेत्र हो, कुन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको छैन,’ अध्यक्ष श्रेष्ठले भने।
यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीकी नेता तथा मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएकी थिइन् । तर २०७० सालको संविधानसभामा सोही क्षेत्रमा पराजित भएकी थिइन् । त्यसपछि भने हिसिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छैनन्।
२०७४ सालको चुनावमा क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल र ७ बाट रामवीर मानन्धरले चुनाव जितेका थिए।








-1787140035.png)


