बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप हुँदा अश्रुग्यास प्रहार
काठमाडौं, जेठ २५ : काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ।मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर...
काठमाडौं, जेठ २५ : काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नुपरेको प्रहरीको भनाइ छ।
काठमाडौंबाट फोहोर लिएर गएका गाडी स्थानीयले अगाडि बढ्न नदिएपछि बिहानदेखि नै बन्चरेडाँडामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थालिए पनि बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन्।
प्रकाशित मिति: १५:११ बजे, बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


