Kathmandu Press

जीव विज्ञानमा नयाँ तरङ, ११ करोड वर्ष पुरानो डाइनोसरको पञ्जा भेटियो

अष्ट्रेलियाको युमरेल्ला फर्मेसनमा १० करोड वर्षभन्दा पनि डाइनोसरको पुरानो आठ इन्चको पञ्जा र केहि हाडहरू भेटिएको छ। बैज्ञानिकहरुले त्यसले मांसाहारी डाइनोसरको नया प्रजाति....

जीव विज्ञानमा नयाँ तरङ, ११ करोड वर्ष पुरानो डाइनोसरको पञ्जा भेटियो

अष्ट्रेलियाको युमरेल्ला फर्मेसनमा १० करोड वर्षभन्दा पनि डाइनोसरको पुरानो आठ इन्चको पञ्जा र केहि हाडहरू भेटिएको छ। बैज्ञानिकहरुले त्यसले मांसाहारी डाइनोसरको नया प्रजातिको आविष्कार औंल्याएजझैं देखिएको बताएका छन्। यो दुर्लभ खोजले पेलियोन्टोलोजिस्टहरूलाई निकै उत्साही बनाएको छ। 

यसअघि भेटिएका हाडहरू करिब एक करोड वर्षअघि उत्तरतिर हजारौं मीलमा फैलिएका प्रजातिसँग मेल खाएको छ। भर्टिब्रेट पेलियन्टोलोजी जर्नलमा प्रकाशित लेख अनुसार भेटिएका हाडहरूमा दुई ओटा दाँत, दुई ओटा पञ्जा, कुर्कुच्चाको हाड र घाँटीको हाड पनि छन्। 

ती हाडहरू थेरोपोड डाइनोसरको हो। यो प्रजातिमा मेगाराप्टोरिड्स भनिने टाइरानोसरसरेक्स पनि पर्दछ। अष्ट्रेलियाको मेलबोर्नभन्दा दक्षिणपश्चिम दिशामा रहेको एरिक द रेड वेस्ट (इआरटिडब्ल्यु) मा भेटिएका सयौं जीवाश्ममा यो खोज पनि थपिएको छ। 

थप उत्साहको विषय त के हो भने “अष्ट्रालोभेनाटर विन्टोनेन्सिस” प्रजातिसँग ती जीवाश्म मिल्दाजुल्दा छन्। “ती सबै हाडलाई अष्ट्रालोभेनाटर विन्टोनेन्सिससँग तुलना गर्न सकिन्छ र सबै दुरूस्तै देखिन्छन्,” स्विनबर्न युनिभर्सिटीका पेलियोन्टोलोजिस्ट स्टिफन पोरोपाटले बताए।

यसले अनुसन्धाताहरू अलमलिएका छन् । किन भने अष्ट्रालोभेनाटर विन्टोनेन्सिस इआरटिडब्लयुभन्दा हजारौं मील उत्तरमा रहेको क्विन्सल्यान्डमा पत्ता लागेको थियो। भेटिएका हाडहरू साढे नौ करोड वर्ष पुराना थिए। अर्थात् दुई जीवाश्मबीच एक करोड वर्षको अन्तर छ।

“पूर्ण रूपमा वयस्क नभइसकेको अष्ट्रालोभेनाटरको हाड भेटिएको हुनसक्छ,” पोरोपाटले भने, ”तर हेर्दा भिन्न प्रजातिजस्ता देखिन्छन्। कुनै डाइनोसरको प्रजाति एक करोड वर्षभन्दा लामो समयसम्म हुनु अद्भूत भए पनि असम्भव भने छैन।”

भेटिएको ८ इन्चको पञ्जा सबैभन्दा उल्लेखनीय छ। पोरोपोट त्यसको विशेष आकारबारे बताउँछन्। यस्तै पञ्जा चलचित्र जुरासिक पार्कमा पनि देख्न सकिन्छ। यो पञ्जा अर्जेन्टिनामा भेटिएको मेगाराप्टर नामक थेरोपोडको १३ इन्चको पञ्जा लगायत अन्य क्षेत्रमा भेटिने मेगाराप्टोरिडको पञ्जाजस्तै छ।

हाल उपलब्ध जीवाश्मका टुक्रामात्रै भएकाले त्यसको औपचारिक नाम राखिएको छैन। तर एरिक द रेड वेस्टमा यसअघि पनि जीवाश्महरू भेटिएका छन् र भविष्यमा अझ धेरै थेरोपोडका हाडहरू भेटिने पोरोपाटले आशा गरेका छन्। नोभेम्बरमा फेरि अर्को अन्वेषण गरिनेछ।

प्रकाशित मिति: ०६:५२ बजे, सोमबार, कात्तिक १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्