Kathmandu Press

काठमाडौं महानगर र नविल बैंकबीच सार्वजनिक शौचालय सञ्चालनबारे सम्झौता

काठमाडौं, जेठ २५ : काठमाडौं महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा...
काठमाडौं महानगर र नविल बैंकबीच सार्वजनिक शौचालय सञ्चालनबारे सम्झौता

काठमाडौं, जेठ २५ : काठमाडौं महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन्।

पाँच वर्षका लािग भएकाे सम्झौतामा शौचालयको मर्मत, सम्भार, सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ।

सम्झौता कार्यक्रममा नविलका कार्यकारी अधिकृत शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए।

बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स लगायतका स्थानमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्