Kathmandu Press

उपसभामुख पद खारेजी गर्नुपर्ने भन्दै कांग्रेस सांसद सिंहकाे व्यंग्य

उपसभामुख पद खारेजी गर्नुपर्ने भन्दै कांग्रेस सांसद सिंहकाे व्यंग्य

काठमाडौं, जेठ २५ : कांग्रेस सांसद अमरेशकुमार सिंहले राज्यको खर्च जोगाउन उपसभामुख पद खारेजी गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन्।

प्रतिनिधिसभाको आज (बुधबार) बसेका बैठकमा उनले उपसभामुख पद लामो समयदेखि रिक्त रहँदा पनि कसैले वास्ताल नगरेपछि खारेज गर्नु उपयुक्त हुने भन्दै व्यंग्य गरेका हुन्। 

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु?’ सिंहको प्रश्न गरे, ‘जुन पदको महत्त्व नै छैन, चयन गर्नुपर्ने आवश्यकतै छैन भने किन राखिरहने?’

२०७६ माघ १२ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिएपछि सो पद रिक्त रहिआएको छ। त्यसको पदपूर्तिको आवश्यकता कसैले महसुस नगरेको भन्दै उनले व्यांग्यात्मक रूपमा सो प्रस्ताव राखेका हुन्। 

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्