Kathmandu Press

न्युरोडको रञ्जना गल्लीमा ३४ वर्षीय पुरुषको शव फेला 

मृत फेला परेका पुरुषको सनाखत भइसकेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनका अनुसार मृतक काठमाडौं महानगरपालिका–१२, टेकुका सुरेन महर्जन रहेका छन्।
न्युरोडको रञ्जना गल्लीमा ३४ वर्षीय पुरुषको शव फेला 

काठमाडौं, जेठ २५ : काठमाडौंको न्युरोडस्थित रञ्जना गल्लीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान ६ः३५ बजे एक पुरुष अचेत अवस्थामा रहेको भन्ने सुचना पश्चात घटनास्थलमा प्रहरी पुग्दा पुरूष मृत अवस्थामा फेला परेका हुन्।

मृत फेला परेका पुरुषको सनाखत भइसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनका अनुसार मृतक काठमाडौं महानगरपालिका–१२, टेकुका  सुरेन महर्जन रहेका छन्।

Hardik ivf

एसपी मैनालीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरी घटनास्थलको मुचुल्का उठाइएको जानकारी दिएका छन्।

मृतक महर्जनको शव पोस्टमार्टमका लागि त्रिवि  शिक्षण अस्पताल लगिएको उनले बताए । मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने र घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिएका छन्।


 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्