अछामका शाही हत्याबारे छानबन गरी दोषीलाई कारबाही गर्न सभामुखकाे निर्देशन
काठमाडाै., जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा...
काठमाडाै., जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षाण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिए।
सांसद साहीले उक्त राजनीतिकरण भएको आरोप लगाए। अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए। गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए।.
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घरनजिकैको भिरमा शव फेला परेको थियो। मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउँदै आएका छन् ।








-1787140035.png)


