Kathmandu Press

काठमाडौंको फोहाेर व्यवस्थापन गर्न एमाले सांसद श्रेष्ठद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं, जेठ २५ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सिसडोलवासीको मागप्रति गम्भीर हुँदै काठमाडौंको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभा बैठकको बुधबारको...
काठमाडौंको फोहाेर व्यवस्थापन गर्न एमाले सांसद श्रेष्ठद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं, जेठ २५ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सिसडोलवासीको मागप्रति गम्भीर हुँदै काठमाडौंको फोहाेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुदा काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बल प्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले अब धेरै दिन काठमाडौंवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राखे। श्रेष्ठले फोहाेर व्यस्थापनका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे।

काठमाडौं महानगरमा प्रतिनिधि छनाेटसम्म फोहर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताए। तर निर्वाचनको परिणाम आइसकेपछि पनि फोहाेर व्यवस्थापन नहुनु दुःखद भएको उनको भनाइ छ।

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्