Kathmandu Press

विनोद शाही हत्या प्रकरणको तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सभामुखको निर्देशन 

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। 
विनोद शाही हत्या प्रकरणको तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सभामुखको निर्देशन 

काठमाडौं, जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्या प्रकरणका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही प्रकृया अगाडि बढाउन सरकारलाई निर्देशन दिएका छन्। 

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। 

संसदको विशेष समयमा बोल्दै अछामका सांसद यज्ञबहादुर बोगटीले पीडितलाई न्याय दिने सम्बन्धमा प्रशासन तत्पर नदेखिएको बताउँदै संसदको ध्यानाकर्षण गराएका थिए । 

घटनाको ९ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी नलिएको घटनालाई राजनीति रुप दिइएको भन्दै सांसद बोगटीले तत्काल जाहेरी लिएर कारवाही सत्य तथ्य पत्ता लगाउने र मृतकको शव पोस्टमार्टम गरिनुपर्ने माग राखेका थिए। 

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्