Kathmandu Press

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

काठमाडौं, जेठ २५ : गृहमन्त्री बालकृष्ण खाँण र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । मन्त्री खाण र विश्वकर्माबीच बुधबार...
गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

काठमाडौं, जेठ २५ : गृहमन्त्री बालकृष्ण खाँण र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । 

मन्त्री खाण र विश्वकर्माबीच बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो। 

भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको गृहमन्त्रालयको सचिवालयले जानकारी दिएका छ। प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।

सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए ।
 
अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: १०:५७ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्