Kathmandu Press

वर्षातका तीन महिना देशभर सडक खन्न नपाइने

वर्षातका तीन महिना देशभर सडक खन्न नपाइने

काठमाडौं, जेठ २५ : सरकारले वर्षाका तीन महिना देशभर सडक खन्न नदिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले बुधबार सूचना प्रकाशित गरी असार, साउन र भदौमा सकड खन्न अनुमति नदिने जनाएको छ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न अनुमति नदिइने जनाएको छ।

विभाग मातहत कुनै पनि डिभिजन अन्तर्गत रहेका सडक खन्न पाइने जनाइएको छ। कसैले जबर्जस्ती खनेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्