Kathmandu Press

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, जेठ २५ : आज पनि देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइ वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको...
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, जेठ २५ : आज पनि देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइ वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। त्यस्तै, मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

जसले गर्दा आज बिहान बागमती प्रदेश र गण्डकी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने भएको छ। त्यस्तै, बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा आज दिउसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको आकलन छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्