Kathmandu Press

गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । 
गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

काठमाडौं, जेठ २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । 

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न उल्लेख गरेको हो । 

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी अख्तियारको निलम्बनमा परेका हुन् । 

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्