Kathmandu Press

काठमाडौं कार्यपालिका निर्वाचन : गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, जेठ २४ : काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगर कार्यपालिकाको महिला...
काठमाडौं कार्यपालिका निर्वाचन : गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, जेठ २४ : काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । 

आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भए । 

उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरे । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरे । यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भए । 

उनीहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरे । निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान भएको थियो । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए । 

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य हुनुहुन्छ । 

निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्