Kathmandu Press

युवासंघको प्रदर्शनमा प्रहरीको लाठी चार्ज (तस्बिरहरु) 

काठमाडौं, जेठ २४ : युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दवाव दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।  युवा संघ नेपालले...
युवासंघको प्रदर्शनमा प्रहरीको लाठी चार्ज (तस्बिरहरु) 

काठमाडौं, जेठ २४ : युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दवाव दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।  

युवा संघ नेपालले काठमाडौंको बानेश्वरस्थीत यातायात व्यवस्था बिभाग अगाडी इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै बिरोध प्रर्दशन गरेका हुन्।

सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दवाव दिएको र उक्त नम्वर प्लेटको अत्याधिक मूल्यबिरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई बर्ष थप लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।

इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आचोचना भएपछि बिभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ। 

 

 

 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्