Kathmandu Press

हप्तामा दुई दिन बिदा व्यवहारिक नभएकाले फिर्ता लिईयो : गृहमन्त्री खाँण

काठमाडौं, जेठ २४ : गृहमन्त्री बालकृष्ण खाँणले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय व्यवहारिक नभएकाले फिर्ता लिइएको बताएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद्को...
हप्तामा दुई दिन बिदा व्यवहारिक नभएकाले फिर्ता लिईयो : गृहमन्त्री खाँण

काठमाडौं, जेठ २४ : गृहमन्त्री बालकृष्ण खाँणले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय व्यवहारिक नभएकाले फिर्ता लिइएको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै उनले परीक्षणका रूपमा लागू गरिएको बिदा शिक्षा, स्वास्थ्य क्षेत्रमा व्यावहारिक नदेखिएकोले  फिर्ता लिइएको बताएका हुन् ।

“यो बिदा परीक्षणको रूपमा लागू गरेका थियौँ । खासगरी, शिक्षा, स्वास्थ्य लगायत कतिपय क्षेत्रमा तत्काल व्यावहारिक नदेखिएकाले यो निर्णयलाई फिर्ता लिइएको छ,” उनले भने ।

यसअघि सोमबारको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय असार १ गतेबाट खारेज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्