‘सर्वजित’ निर्माणका लागि मन्त्री आलेद्वारा पाँच महिनाको तलब सहयोग
काठमाडौं, जेठ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन्। आज मन्त्रालयमा उक्त...
काठमाडौं, जेठ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन्।
आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु दुई लाख ८० हजार ९०० प्रदान गरेका हुन् । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका बागलुङका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। उक्त चलचित्र दलित महिला केन्द्र नेपालले निर्माण गर्ने तथा डिसीले निर्देशन गर्ने भएका छन्।
जातीय छुवाछूत अन्त्यका लागि भगत सर्वजित विश्वकर्माले गरेका आन्दोलन तथा कामलाई उक्त चलचित्रमा समावेश गरिने दलित महिला केन्द्रले जनाएको छ । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत लाग्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १७:३० बजे, मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


