Kathmandu Press

इम्बोस्ड नम्बर प्लेटबारे विभागको प्रष्टोक्ति : सबै सवारी साधनमा असारभित्रै जडान गर्ने भनिएको होइन

यातायात व्यवस्था बिभागले २०७८ मंसीर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको प्रष्ट पारेको छ।
इम्बोस्ड नम्बर प्लेटबारे विभागको प्रष्टोक्ति : सबै सवारी साधनमा असारभित्रै जडान गर्ने भनिएको होइन

काठमाडौं, जेठ २४ : यातायात व्यवस्था बिभागले २०७८ मंसीर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको प्रष्ट पारेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै विभागले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताएकाे हाे। तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको विज्ञप्तिमा उल्लेख छ। पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको बताइएको छ।

विभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा बिभागको कुनै नीति उदेश्य नरहेको जानकारी  दिएकाे छ। 

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक पूर्वाधार तयार नगरी कार्यान्वयनमा ल्याइएको भन्ने आरोपको खण्डन समेत गरेको छ । ‘ विभागको तर्फबाट इम्बोस्ड नम्बर प्लेट जडानको लागि गर्नुपर्ने आवश्यक पूर्वाधार तयार गरि सकेर मात्र विभागले यो कार्यक्रम कार्यान्वयन ल्याएको हो। आवश्यक मात्रामा प्लेट उत्पादनको कार्य भएको छ। हाल विभागमा करिब २ लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

बिभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ।

 


 
 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्