असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन गगन थापाको माग
काठमाडौं, जेठ २४ : नेपाली कांग्रेसका सांसद गगन थापाले असार भित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधि सभामा...
काठमाडौं, जेठ २४ : नेपाली कांग्रेसका सांसद गगन थापाले असार भित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभामा बोल्दै सांसद थापाले काठमाडौंका यातायात कार्यालयको अवस्थाअनुसार असार भित्र इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव भएको कारण उक्त निर्णय तत्काल फिर्ता लिन यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन्।
उनले मन्त्री स्वयम् गएर इम्बोस्ड नम्बर प्लेट राख्न यातायात कार्यालयको लाइनमा बस्न समेत चुनौती दिएका छन्।‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’
उनले ठेक्का सम्झौता देखि विभिन्न विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्।








-1787140035.png)


