‘विभिन्न देशले कालो सूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिनु शंकास्पद’
काठमाडौं, जेठ २४ ः नेकपा एमालेका सांसद भीम रावलले सरकारले जबरजस्ती इम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् ।...काठमाडौं, जेठ २४ : नेकपा एमालेका सांसद भीम रावलले सरकारले जबरजस्ती इम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधि सभामा बोल्दै रावलले विभिन्न देशले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिनु शंकास्पद रहेको बताएका छन्।
उनले इम्बोस्ड नम्बर प्लेट राख्न जनताले सास्ती भोग्नुपरेको, गुणस्तरहीन प्लेट राखिएको आदिबारे सरकारको ध्यानाकर्षण गराए । इम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको समेत उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनले नम्बर प्लेटमा देवनागरी अंक र अक्षर राख्न माग गरे।
प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


