Kathmandu Press

सुर्खेतमा चार दिनदेखि हराइरहेकी बालिका मृत फेला 

सुर्खेतमा चार दिनदेखि हराइरहेकी बालिका मृत फेला 

सुर्खेत, जेठ २४ : चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा  आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन्। बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो। 

खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

‘घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ,’ प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।’   

प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्