Kathmandu Press

बर्दिया घटनाबारे गृहमन्त्रीको जवाफ : नागरिकमाथि गोली चलाउने आदेश छैन

नागरिकको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो। यहाँबाट कुन अवस्थामा गोली चल्यो र आदेश कसले दियो, त्यसको यथार्थ जानकारी पछि आवश्यक निर्णय हुनेछ र कारवाही हुनेछ।
बर्दिया घटनाबारे गृहमन्त्रीको जवाफ : नागरिकमाथि गोली चलाउने आदेश छैन

काठमाडौं, जेठ २४ : गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा आन्दोलित नागरिकमाथि गोली चलाउन सरकारले आदेश नदिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाणले नागरिकको आन्दोलनमा गोली चलाउने आदेश नभएको बताए। 

संसदमा एमाले सांसद विमला बिकले बर्दिया घटनाबारे गृहमन्त्रीसँग जवाफ मागेकी थिइन् । जवाफमा गृहमन्त्री खाणले प्रदर्शनमा गोली चलाउन कसले आदेश दियो भनेर छानविन हुने बताए। त्यसका लागि गृहमन्त्रालयको सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानविन समितिसमेत गठन गरिएको उनले बताए। 

गृहमन्त्री खाणले बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि गोली चलाउने आदेश नदिएको भन्ने बुझ्नमा आएको बताए । ‘त्यहाँको प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ । नागरिकहरुको आन्दोलनमा गोली चलाउने आदेश छैन,’ उनले भने।

उनले छानविन समितिले प्रतिवेदन बुझाएपछि दोषीलाई कारवाही गरिने उनले बताए। ‘नागरिकको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो। यहाँबाट कुन अवस्थामा गोली चल्यो र आदेश कसले दियो, त्यसको यथार्थ जानकारी पछि आवश्यक निर्णय हुनेछ र कारवाही हुनेछ,’ उनले भने।

गृहमन्त्री खाणले  घाइतेहरुको उपचार गर्ने, मृतक परिवारलाई राहत प्रदान गर्ने, यसअघिका घटनामा पनि राहत उपलब्ध गराउने र उनको परिवारलाई भरणपोषण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्