यौनहिंसा र सजायका विषयलाई पाठ्यपुस्तकमा राख्ने सरकारको प्रतिवद्धता
काठमाडौं, जेठ २४ : सरकारले यौन हिंसाविरुद्धको विषयलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । संसदमा उठेका विषयको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले यौन...
काठमाडौं, जेठ २४ : सरकारले यौन हिंसाविरुद्धको विषयलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । संसदमा उठेका विषयको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएका हुन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसहरुले यौनहिंसा विरुद्धका विषयमा सचेत बनाउन विद्यालयस्तर देखि नै त्यस्ता घटनाबारे पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने सुझाव दिएका थिए।
सोमबार बाँकेमा भएको सामूहिक बलात्कार घटनाका विषयमा सांसदहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । जवाफ दिने क्रममा मन्त्री खाणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए।
उनले घटनामा १६÷१७ वर्षका किशोरहरु संलग्न भएको पाइको उनले बताए । ‘यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने माननीयहरुको मागप्रति सकारात्मक छु,’ उनले भने।








-1787140035.png)


