बर्दिया गोलिकाण्डको छानविन गर्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौं, जेठ २४ : बर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले...
काठमाडौं, जेठ २४ : बर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले घटनाको छानविन गर्न ५ सदस्यीय समिति गठन गरेका हुन्।
मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।
समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो ओराली बजारका स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुमाथि प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने ४ जना स्थानीय घाइते भएका छन्।








-1787140035.png)


