एशियाली खेलकूदका लागि आजदेखि बन्द प्रशिक्षण
काठमाडौं, जेठ २४ : एशियाली खेलकूदको तयारीका लागि आजदेखि बन्द प्रशिक्षण शुरु हुँदै छ।चीनमा १९औँ एशियाली खेलकूद प्रतियोगिता हुँदै छ। त्यसका लागि आजदेखि...
काठमाडौं, जेठ २४ : एशियाली खेलकूदको तयारीका लागि आजदेखि बन्द प्रशिक्षण शुरु हुँदै छ।
चीनमा १९औँ एशियाली खेलकूद प्रतियोगिता हुँदै छ। त्यसका लागि आजदेखि महिला फूटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण शुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
बन्द प्रशिक्षणका लागि परिषदले ४० जना महिला फूटबल खेलाडीलाई बोलाएको छ।
प्रतियोगितामा नेपालबाट २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने निर्णय भएको परिषद्ले जनाएको छ। प्रतियोगिताको मिति भने तय हुन बाँकी छ।
प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











