Kathmandu Press

सानिमा बैंकको तीन महिनाको नाफा ५९ करोड ३६ लाख

काठमाडाैं, कात्तिक १७ : सानिमा बैंकले तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिमा १४.४० प्रतिशतले नाफा बढाएको हो।

....
सानिमा बैंकको तीन महिनाको नाफा ५९ करोड ३६ लाख

काठमाडाैं, कात्तिक १७ : सानिमा बैंकले तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिमा १४.४० प्रतिशतले नाफा बढाएको हो।

अघिल्लो वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) बैंकले ५१ करोड ८८ लाख नाफा गरेको थियो। यस वर्षको पहिलो त्रैमासमा बैंकले ५९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको हो।

बैंकले निक्षेपमा लिने र ऋणमा दिने ब्याजको अन्तर ४.४ प्रतिशतलाई यथावत राख्दै खुद ब्याज आम्दानी १७ प्रतिशतले बृद्धि गरेको छ। बैंकले एक अर्ब १४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको हो।

बैंकले ७.३२ प्रतिशतले निक्षेप बढाएर ऋण २.५८ प्रतिशतले बृद्धि गरेको छ। ऋण र निक्षेपको अनुपात गत असार मसान्तसँग अहिलेको असोज मसान्त तुलना गरेर निकालिएको हो।

बैंकले तीन महिनामा निक्षेप ६ अर्ब ५४ करोड रुपैयाँले बढाएर ९५ अर्ब ९२ करोड पुर्याएको छ। ऋण बिस्तार दुई अर्ब १० करोडले बढाएको छ।

असोजसम्म कुल ऋण ८३ अर्ब ५२ करोड पुगेको छ। बैंकको आधार दर केही घटेको छ। ९.८ प्रतिशतबाट आधार दर ९.२१ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति: १२:०२ बजे, आइतबार, कात्तिक १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्