Kathmandu Press

नेइमारको गोलमा ब्राजिलको जित

काठमाडौं, जेठ २३ : कप्तान नेइमारले पेनाल्टीमा गरेको गोलमा ब्राजिलले सोमबार जापानविरुद्धको मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।टोकियोको जापान नेसनल...
नेइमारको गोलमा ब्राजिलको जित

काठमाडौं, जेठ २३ : कप्तान नेइमारले पेनाल्टीमा गरेको गोलमा ब्राजिलले सोमबार जापानविरुद्धको मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।

टोकियोको जापान नेसनल रंगशालामा नेइमारले ७७औँ मिनेटमा गरेको पेनाल्टी गोल ब्राजिलका लागि निर्णायक बन्यो । किरिन च्यालेन्ज कपको नाम दिइएको मैत्रीपूर्ण खेलमा वातारू इन्दोले रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पाएको पेनाल्टीको अवसरलाई नेइमारले गोलमा परिणत गरेका थिए ।

यससँगै ब्राजिल लगातार पाँच खेलमा विजयी भएको छ । ब्राजिल र जापान दुवैले अघिल्लो खेलमा सानदार जित निकालेका थिए । ब्राजिलले दक्षिण कोरियालाई ५–१ ले हराएको थियो भने जापानले पाराग्वेलाई ४–१ ले हराएको थियो । 

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्