सातामा दुई दिन बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं, जेठ २३ : काठमाडौं सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
काठमाडौं, जेठ २३ : सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरिएका रिट निवेदनमा सरकारले हचुवाका भरमा दुई दिन बिदा दिनजे निर्णय गरेको जनाइएको छ।
साताको दुई दिन बिदा दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले दर्ता गराएको रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी पनि तोकिसकिएको छ।
सरकारले जेठ १ बाट साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो।
सरकारले कुनै परामर्श र दूरगामी योजनाबिना गरेको निर्णय कार्यान्वयनमा सकस भइरहेको र उक्त निर्णयबाट देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा असर परेको रिटमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १७:३७ बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


