‘लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको बन्दैन’

बुटवल, जेठ २३ : लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाउने बताएका छन्।
३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० का लागि बजेट ३७ अर्बसम्मको बनाइने उनले बताए।
सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ठुलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए।
उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने जानकारी दिए।
लोकप्रियता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै उनले ठुलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनुपर्ने तर्क गरे।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


