Kathmandu Press

स्रोत नखुलेको ७ लाख ५० हजार रूपैयाँसहित पक्राउ

सर्लाही, जेठ २३ : सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित भारत सीतामढी ग्राम सोनबर्सा-२ बस्ने ४०...
स्रोत नखुलेको ७ लाख ५० हजार रूपैयाँसहित पक्राउ
Hardik ivf

सर्लाही, जेठ २३ : सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित भारत सीतामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो।     

यस सम्बन्धमाआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्