Kathmandu Press

बालेनलाई जातिसूचक शब्द प्रयोग गरेको भन्दै किशोर नेपालविरुद्ध उजुरी

काठमाडौं, जेठ २३ : पत्रकार किशोर नेपालविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ। काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई जातीसूचक शब्द प्रयोग गरेको भन्दै बाराका...
बालेनलाई जातिसूचक शब्द प्रयोग गरेको भन्दै किशोर नेपालविरुद्ध उजुरी

काठमाडौं, जेठ २३ : पत्रकार किशोर नेपालविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ। काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई जातीसूचक शब्द प्रयोग गरेको भन्दै बाराका विनय यादवले पत्रकार नेपाल र उकेरा डटकमविरुद्ध उजुरी दिएका हुन्।

यादवले गत शनिबार उकेरा डटकममा किशारे नेपालको ‘बालेन साहेबको दौडधुप’ शीर्षकको आलेखमा हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन्।

‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्युनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु,’ यादवले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । 

सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग अपमान गरेको उल्लेख गरिएको छ । 

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्