तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने गठबन्धनको निर्णय
काठमाडाैं, जेठ २३ : सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको गठबन्धनका...
काठमाडाैं, जेठ २३ : सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने सहमति गरेका हो।
अहिले संसदमा बजेटबारे मन्त्रालयत छलफल चलिरहेको र त्यहाँ उठेका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले हाललाई मन्त्रिमण्डल यथावत राख्ने सहमति भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए।
नेकपा एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। सो पार्टीले नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री देउवासमक्ष पठाएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए।
प्रधानमन्त्री देउवाले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएपछि अन्य नेताहरू तत्काल मन्त्री नफेर्ने विषयमा सहमत भएको जनाइएको छ।








-1787140035.png)


