Kathmandu Press

महानगरले बनायाे सार्वजनिक शौचालयकाे संकेत चिन्ह, सञ्चालनका लागि सम्पर्क राख्न आग्रह

काठमाडाैं, जेठ २३ : काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार गरेको छ।  चिन्ह तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनका...
महानगरले बनायाे सार्वजनिक शौचालयकाे संकेत चिन्ह, सञ्चालनका लागि सम्पर्क राख्न आग्रह

काठमाडाैं, जेठ २३ : काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार गरेको छ।  

चिन्ह तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनका लागि इच्छा भएका संघसंस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

कामपा क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न आग्रह गरेको हो।      

कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको संकेत चिन्ह राखिएको कामपाले जानकारी गराएको छ।

लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा करिब ६०  शौचालय प्रयोगमा ल्याउने भएको छ। 

नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो। 

प्रमुख साहले पहिलो बैठकमै गरेको निर्णय फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्