‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक-२०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनबाट स्वीकृत
काठमाडौं, जेठ २२ : प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकले ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक-२०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। आज...
काठमाडौं, जेठ २२ : प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकले ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक-२०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
आज प्रतिनिधि सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि सदनमा भएको छलफलमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए।
ती प्रश्नहरूको उत्तर दिने क्रममा मन्त्री कोइरालाले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए।
नेपाल कानुन आयोगलाई हदम्याद बढाउँदा देखा पर्ने सकारात्मक र नकारात्मक परिणामबारे अध्ययनका लागि अनुरोध गरिएको र सो आयोगले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानेर हदम्यादको प्रावधानलाई आवश्यकताअनुसार सुधार गरिने विश्वास उनले व्यक्त गरे।
हदम्यादकै कारण न्यायबाट कोही पनि पीडिट वञ्चित हुनुनपरोस् भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोचिरहेको उनको भनाइ थियो।








-1787140035.png)


