फर्पिङको जंगलमा युवक र युवती मृत भेटिए
काठमाडौं, जेठ २३ : फर्पिङमा एक युवक र एक युवती मृत भेटिएका छन्।आज (सोमबार) बिहान फर्पिङस्थित थाखेलतर्फ जानेबाटोको जंगलमा ती युवकयुवती मृत भेटिएका...
काठमाडौं, जेठ २३ : फर्पिङमा एक युवक र एक युवती मृत भेटिएका छन्।
आज (सोमबार) बिहान फर्पिङस्थित थाखेलतर्फ जानेबाटोको जंगलमा ती युवकयुवती मृत भेटिएका हुन्।
घटनास्थल काठमाडौंकाे दक्षिणकाली नगरपालिका–५ मा पर्छ।
उनीहरू अन्दाजी २०–२२ वर्षका रहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलिनसकेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार मृत भेटिएका युवकयुवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा फेला परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्युरोका एसएसपी वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार दुवै मृतकको पहिचान खुल्न बाँकी छ।
प्रकाशित मिति: १३:३४ बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


