Kathmandu Press

मनसुन देशभर फैलिन केही दिन लाग्ने

काठमाडाैं, जेठ २३ : मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष...
मनसुन देशभर फैलिन केही दिन लाग्ने

काठमाडाैं, जेठ २३ : मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगागी अर्थात जुन ५ मै प्रवेश गरेको छ। 

आइतबार नेपालको प्रदेश १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालका अन्य भू–भागमा मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ। 

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश १ मा आगमन भई प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

दिउँसो प्रदेश नं १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट््याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४१ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्